scheduleशुक्रवार मंसिर १९ गते, २०७७

घरमा बनाउनुहोस् यी स्क्रब पेस्ट, पाउनुहुनेछ चम्किलो र नरम छाला

शरीरको मृत कोशिकालाई निकाल्नका लागि मसाज भन्दा राम्रो अर्को उपाय छैन । शरीर रगड्दा गर्दा मृत कोशिका फ्याँकिनुका साथै छाला नरम, पोशिलो र चम्किलो बन्छ ।

शरीरको मसाज तपाई आफ्नै घरमा पनि गर्न सक्नु हुन्छ र मसाज पेस्ट बनाउनका लागि तपाई यी तीन तरिका अप्नाउन सक्नुहुन्छ-

ब्राउन सुगरमा चाउरीपना हटाउने ग्लाइकोलिक एसिड पाइन्छ । यसले छालालाई नरम बनाउँछ । यदि तपाईले त्यसमा ओट्स, नरिवलको तेल मिलाएर बेस क्रिम तयार गरेर त्यसलाई छालामा प्रयोग गर्नुभयो भने छाला सफा र चम्किलो हुन्छ ।

यसलाई बनाउनका लागि मात्रा र प्रक्रियाबारे जानकारी लिन आवश्यक हुन्छ । यस पेस्टलाई तयार पार्नका निम्ति पाँच चम्चा नरिवल तेल, आधा कप ब्राउन सुगरको साथमा तीन चम्चा ओट्स मिसाउनुहोस् । यो स्क्रबलाई अनुहारमा प्रयोग नगर्नुहोस् । यसलाई खुट्टा र कुहीनाहरुमा प्रयोग गर्नुहोस् र केही समयपछि यसलाई धुनुहोस् । सुख्खा छालालाई यसले नयाँ स्वरुप दिन्छ ।

बदाममा भिटामिन इ र एन्टीअक्सिडेन्ट्स जस्ता तत्व पाइन्छन् जुन स्क्रबिङका लागि राम्रो मानिन्छ । यदि तपाईको छाला चिल्लो छ भने बदामबाट बनेको पेस्ट प्रयोग गरेर चिल्लोमुक्त बनाउन सक्नुहुन्छ । यसका लागि तपाईले बदामको साथमा ओलिभ ओयल, एभोगाडो मिसाउनु पर्छ ।

यसले छालाको रुख्खापना हट्छ । यसलाई बनाउनका लागि एक तिहाई कप आमण्ड पाउडरमा कफी बीनलाई पिठो बनाएर मिसाउनुहोस् ।

अब त्यसमा आधा कप ओलिभ ओयल र आधा एभोगार्डोको पेस्ट राखेर राम्ररी मिसाउनुहोस् । त्यसपछि दुई चम्चा एस्ट्रिजेन्ट मिसाउनुहोस् । यसलाई लगाएको केही समयपछि धोइदिनुहोस् । यसले छालामा आउने चिल्लोलाई हटाउन मद्दत गर्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay