scheduleबिहिवार मंसिर १८ गते, २०७७

रोनाल्डोबिना मैदानमा उत्रिएको पोर्चुगलको सहज जीत

काठमाडौं, २९ असोज । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको चौथो राउन्डको खेलमा पोर्चुगलले सहज जीत हासिल गरेको छ ।

नियमित कप्तान एवम् स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिनै मैदानमा उत्रिएको पोर्चुगलले घरेलु मैदानमा स्वीडेनमाथि ३–० को सहज जीत हात पारेको हो ।

पोर्चुगलको जीतमा डिएगो जोटाले दुई तथा बर्नाडो सिल्भाले एक गोल गरे ।

२१औं मिनेटमा बर्नार्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । ४४औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि पोर्चुगलले पहिलो हाफमै २–० को अग्रता लिन सफल भयो ।

७२औं मिनेटमा डिएगो जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३-० को अग्रता दिलाए । त्यसपछि पाएका केही मौका गुमाउँदा थप गोल हुन सकेन र पोर्चुगल ३ -० ले विजयी भयो ।

जितसँगै अपराजित रहेको पोर्चुगल लिग ‘ए’ ३ मा ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १० अंक नै भएपनि फ्रान्स दोस्रो स्थानमा रहेको छ । पराजित स्वीडेन अंकविहीन हदै पुछारमा रहँदा क्रोएसियाको ३ अंक छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay