scheduleबिहिवार कार्तिक ६ गते, २०७७

स्वास्थ्यकर्मी

कविता
रुद्र दाहाल

दिन रात नभनी
सेवा गर्ने जनको,
बह कसले बुझ्दिने
तिम्रा भित्री मनको ।

सबै सरह डर त्रास
तिम्लाई पनि छँदैछ,
दिनदिनै स्थिति
त्रासपूर्ण हुँदैछ ।

कोरोनाले सबैलाई
बनाउँदै छ आहारा,
तिम्रो त्याग र तपस्या
हाम्रो जिउँने सहारा ।

अहोरात्र खटेर
अरुलाई बचाउने,
ज्यानकै बाजी थापेर
अरुको त्रास हटाउने ।

सच्चा सेवक तिमी हौ
स्वीकार्‍या छ लोकले,
आत्मैदेखि सलाम छ
स्वीकार सबले ।

हालः क्यालगरी, क्यानाडा

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay