scheduleबिहिवार कार्तिक ६ गते, २०७७

म क्यान्सरलाई जितेर छिट्टै आउनेछुः सञ्जय दत्त

मुम्बई, २९ असोज । बलिउडका चर्चित अभिनेता सञ्जय दत्त क्यान्सरविरुद्ध संघर्ष गरिरहेका छन् । गत अगष्टमा उनको छातीको चौथो स्टेजको क्यान्सरसँग जुधिरहेको खबर बाहिरिएको थियो ।

उनी हाल मुम्बईको अस्पतालमा उपचाररत छन् । हालसालै उनको एक भिडियो सार्वजनिक भएको हो । भिडियोमा उनले आफ्नो स्वास्थ्यबारे कुरा गरिरहेका देखिन्छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको नयाँ भिडियोमा सन्जय हेयर स्टाइलिस्ट आलिम हकिमको सैलुनमा देखिएका छन् । उनलाई देखेपछि फोटोग्राफरले उनीसँग कुरा गरेका छन् ।

सन्जय बाहिर आएपछि मास्क खोल्छन् फोटोग्राफरले मास्क लगाउन भन्छन् । सन्जयले मास्क लगाउछन् र फोटोग्राफरले फोटो क्लिक गर्छन् ।

‘अझैपनि म बिरामी छैन, यस्तो नलेख्नु,’ सञ्चारकर्मीसँग यसपछि उनी बेस्सरी हाँस्छन् र फोटोग्राफरलाई पोज दिन्छन् ।

सञ्जयले भिडियोमा कालो टि–शर्ट, ब्राउन रङ्गको पाइन्ट र कालो रङ्गको चस्मा लगाएका छन् । ‘चाँडै नै क्यान्सरलाई जित्नेछु र छिट्टै नै क्यान्सरबाट बाहिर आउनेछु,’ भिडियोले उनले भनेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay