scheduleबिहिवार कार्तिक ६ गते, २०७७

यस्ता थिए हिटलरलाई गान्धीको शान्ति अपिलका पत्रहरु

१९२१ देखि गान्धीले स्वतन्त्र भारतको अभियानलाई नेतृत्व गरेका थिए । उनले आफ्नो मृत्युको ठिक छ महिना अघि १९४७ मा एकदमै पृथक शैलीद्वारा बेलायती प्रभुत्वबाट भारतको स्वतन्त्रतालाई फिर्ता गराएका थिए ।

माथि उल्लेखित कुरा सबैलाई थाहा भएको महान् इतिहास हो । तर यो सबैलाई थाहा नहुनसक्छ कि गान्धीले १९३९ देखि १९४० सम्म जर्मनका तानाशाह एडोल्फ हिटलरलाई श्रृंखलाबद्ध पत्रचारमार्फत युरोपसँग युद्ध नगर्न आग्रह गरिरहेका थिए ।

गान्धीले हिटलरलाई शान्ति खोज्न आग्रहमात्र गरेका थिएनन् तर बेलायती नागरिकहरुलाई नाजीका हिटलर र इटालीका मुसोलोनीको द्वन्द्वग्रस्त अवस्थालाई शान्तिपूर्ण माध्यमबाट प्रतिक्रिया दिन पनि हौसला दिएका थिए ।

उनले एकवर्षको अन्तरालमा हिटलरलाई त्यस्ता धेरै पत्रहरु लेखेका थिए । उनले उक्त पत्रहरुमा हिटलरलाई सम्बोधन गर्दै लेखेका थिए, ‘शान्तिपूर्ण प्रक्रियामा हार भन्ने त्यस्तो कुनै चिज हुँदैन । यस प्रक्रिया भनेको कसैलाई हानी नोक्सानी नपुर्‍याई गरिने गर या मरको प्रक्रिया हो ।’

उनले थप लेखेका थिए,‘यो प्रक्रियालाई पैसा बिना र वास्तवमै तपाईहरुले निर्माण गर्नुभएको विनाशकारी विज्ञानको सहायता बिना नै व्यवहारतः प्रयोग गर्न सकिन्छ ।’

‘मलाई यो आश्चर्य लागिरहेको छ कि तपाईले अंगिकार गरिरहनु भएको प्रक्रिया कसैको पनि एकाधिकारमा टिक्दैन भन्नेबारे तपाई नै अनविज्ञ हुनुहुन्छ । यदि बेलायतले यस्तो गर्नसक्दैन भनेपनि एकदिन अवस्य कुनै शक्ति उदाउने छ र तपाईको प्रक्रियालाई अबलम्बन गरेर तपाईको हतियार तपाईमाथि नै प्रहार गर्नेछ । तपाईले तपाईको जनतालाई गर्व महसुस हुने किसिमको कुनै विरासत छोडिरहनु भएको छैन ।’

उनले हिटलरलाई सम्बोधन गर्दै लेखेका थिए,‘मलाई आशा छ विश्वव्यापी भाईचाराको सिद्धान्तअन्तर्गत बाचिँरहेका मानवताको एउटा असल हिस्साले तपाईको क्रियाकलापलाई कुन रुपमा हेर्ने गरेको छ भनि थाहा पाउन एकदिन तपाईलाई इच्छा र समय मिल्ने छ ।’

गान्धीले लेखेका थिए, ‘‘हामीलाई तपाईले आफ्नो मातृभूमीप्रति देखाएको साहस र भक्तिप्रति कुनैपनि शंका छैन र तपाईका प्रतिपक्षीहरुले व्याख्या गरेझै तपाईलाई हामी दानवपनि मान्दैनौं । तर तपाईका आफ्नै लेख र अभिव्याक्तिहरुले तपाईको क्रियाकलापहरु दानवी र मानवहित विपरित भएको भन्नेमा विश्वास नगर्न कुनै ठाउँनै छोडेको छैन विशेषगरी मजस्तो व्याक्तिको आंकलनमा जो विश्वव्यापी भाइचारामा विश्वास राख्दछ । तपाईले गरेको चेक्लोस्लोभाकियाको अपमान, पोल्याण्डको बलात्कार र डेनमार्कलाई निल्ने जस्ता कार्यहरु ।’

गान्धीको पत्रमा लेखिएको थियो, ‘बर्बादीलाई नै पवित्र कार्य मान्ने तपाईको जीवनप्रतिको धारणाबारे म विदितै छु । तर हामीलाई सानैदेखि त्यस्ता कार्यहरुलाई मानवतामा स्खलन ल्याउने क्रिया भनेर पढाइदैँ आइएको छ ।’

उनले पत्रको अन्तिममा हिटलरलाई आग्रह गर्दै लेखेका थिए, ‘म तपाईलाई मानवताको लागि युद्धलाई रोक्न अपिल गर्दछु । महान् बेलायत र जर्मनबीचको युद्धको विषयहरुलाई दुवैको संयुक्त विकल्प अन्तराष्ट्रिय न्यायधिकरणलाई सुम्पिँदा तपाईहरुले केहिपनि गुमाउनु हुनेछैन । यदि तपाईहरुले युद्धमा जीत हासिल गर्नुभयो भनेपनि यसले तपाईहरु सत्यको पक्षमा नै हुनुहुन्थ्यो भनेर प्रमाणित गर्नसक्दैन । यसले तपाईको विनाशको शक्ति ठूलो थियो भन्ने मात्र प्रमाणित गर्दछ । जहाँसम्म निस्पक्ष न्यायधिकरणको फैसलाले मानवियताको आधारमा कुन पक्ष सहि थियो भन्ने प्रमाणित गर्नसक्छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay