scheduleबिहिवार कार्तिक ६ गते, २०७७

यस्ता छन् सेक्सपियरको नाटकमा चर्चित दश प्रेरणादायी संवादहरु

‘ग्रहहरुमा त्यति शक्ति हुँदैन, जसले हाम्रो भाग्यको फैसला गर्न सकोस्, वास्तवमा हाम्रो भाग्य हाम्रै हातमा हुन्छ ।’

यो विश्वका प्रसिद्ध लेखक तथा नाटककार विलियम शेक्सपियरको बर्षौ अघिको भनाई हो । जुन आजसम्म पनि अकाट्य र सान्दर्भिक छ । यी वाक्यहरुले आज पनि हाम्रो जीवनमा औषधीको काम गर्ने गरेका छन् ।

विश्वका धेरै लेखक तथा साहित्यकारहरुले त्यस्ता महान् विचार र लेखहरु छोडेर गएका छन् जसले हाम्रो जीवनलाई सही मार्गदर्शन गर्छन् । तिमध्ये सेक्सपियरका केहि त्यस्ता लेखहरु छन्, जसमा प्रेरणाले भरिएका विचारहरु पाउन सकिन्छ । उनका विचारले हाम्रो सोच, छेउछाउका मानिसहरुलाई बुझ्न र सम्बन्धहरुलाई मजबूत बनाउन सहायता गर्छन् ।

१. ‘केहि पनि राम्रो या नराम्रो हुँदैन, हाम्रो सोचले नै त्यसलाई राम्रो या नराम्रो बनाउने हो ।’ यो वाक्य सेक्सपियरको नाटक ‘हेमलेट’ को एउटा संवाद हो । जीवनमा धेरै त्यस्ता अवस्थाहरु आउँछन् जब हामी राम्रो र नराम्रो परिणामको सोचविचारमा अल्झिरहन्छौं । यो उल्झन एकदमै सामान्य र प्राकृतिक हो ।

२. ‘बुद्धिमानी भई सोचविचार गरी अगाडी बढ, जो हतार गर्छ ऊ लड्छ ।’ यो संवाद नाटक ‘रोमियो र जूलियट’ बाट लिइएको हो । यदि यस वाक्यलाई वास्तवमै जीवनको सिद्धान्त बनाउन सकियो भने यसले जीवनलाई सही दिशामा मोड्ने काम गर्छ ।

३. ‘प्रेम अन्धो हुन्छ र प्रेममा डुबेका मानिसहरुलाई राम्रो र नराम्रोको ज्ञान हुँदैन ।’ सेक्सपियरकै नाटक ‘मर्चेन्ट अफ भेनिस’ बाट साभार गरिएको यो वाक्यले प्रेम र भावनामा बहकिएर मानिसहरुले गलत बाटो अप्नाउनसक्ने सम्भावनालाई इंकित गरेको छ ।

४. ‘यदि तपाई मलाई काँडाले घोच्नुहुन्छ भने के मेरो रगत निस्कदैँन ?, मलाई काउकुती लगाउनु हुन्छ भने मलाई हाँसो आउँदैन?, मलाई विष दिनुहुन्छ भने मेरो मृत्यु हुँदैन ? यदि तपाई मसँग केहि गलत गर्नुहुन्छ भने के म बदला लिन्नँ ?’  सेक्सपियरको नाटक ‘मर्चेन्ट अफ भेनिस’को यो संवाद नाटकका पात्र शायलकले यहूदी जातिहरुको रक्षाका लागि न्यायलयमा बोलेका हुन् । सेक्सपियरले यस संवादमार्फत हरेक मानिसहरुसँग समान व्यवहार गर्नुपर्ने शिक्षा दिएका छन् ।

५. ‘महंगो उपहारभन्दा ज्यादा महत्वपूर्ण जसलाई उपहार दिइरहनुभएको छ उसको सम्मान हुनु हो ।’ ‘हेमलेट’ नाटकमा उल्लेख यस विचार मित्रता र विश्वासको सम्बन्धबारे एउटा शिक्षा दिएको छ । यस संवादबाट मित्रतामा विश्वासको सम्बन्धलाई पैसाले किन्न नसक्ने बताइएको छ ।

६. ‘दुःखी मानिसहरुको साथमा अन्य उपाय हुँदैन, मात्र एउटा आशा हुन्छ ।’ नाटक ‘मेजर फर मेजर’ को यस वाक्यबाट सेक्सपियरले दुःखको ‌औषधी आशा हुनसक्ने बताएका छन् । उक्त वाक्यले आशाहरुको किरणले दुःखको अन्धकारलाई हटाउन सक्ने बताएको छ ।

७. ‘पापीहरु आफ्नो उद्देश्यका लागि धर्म ग्रन्धको सहारा लिन्छन् ।’ सेन्सपियरले यो कुरालाई ‘मर्चेन्ट अफ भेनिस’ मा उल्लेख गरेका छन् ।

८. ‘केही नदिए केहि आउँदैन ।’ नाटक ‘किङ लियर’ बाट लिइएको यो संवादले मानिसहलाई केहि पाउनका लागि कडा मेहेनत गर्नुपर्छ भन्ने शिक्षा दिएको पाइन्छ ।

९. ‘बाहिरबाट निर्दोष फूलझै देखिए, तर भित्रबाट सर्पजस्तै बनेर बस ।’ नाटक ‘म्याकवेथ’ मा उल्लेख गरिएको यो वाक्यांशले मानिसलाई बाहिर र भित्र फरक स्वरुप कायम गर्न र आवश्यकता अनुरुप त्यसको प्रयोग गर्न सुझ्याएका छन् ।

१०. ‘बितेका कुराहरुलाई बारम्बार याद गरेर शोक मनाउनु नयाँ समस्यालाई निम्त्याउनु जस्तै हो । जो हाम्रो भाग्यमा हुँदैनन् तिनीहरुका लागि दुःखी हुनु बेकार हो ।’ शेक्सपियरको बहुचर्चित नाकट ‘ओथेल्लो’ बाट उद्धृत गरिएको यो वाक्यले जीवनमा केहि चिजहरु पछि परे भने त्यसलाई सोचेर समय व्यतित गर्नु निर्थक हुने र त्यसलाई सम्झेर दुःखी हुनु, समस्याभित्र पिरोलिनाले आफुलाई कमजोर मात्र बनाउने बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay