scheduleशुक्रवार आश्विन १ गते, २०७८

‘स्वस्थ युवाले २०२२ सम्म कोभिड-१९ को खोप नपाउन सक्छन्’

काठमाडौं, ३० असोज । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले स्वस्थ युवाले सन् २०२२ सम्म कोरोना भाइरस (कोभिड(-१९) को खोप नपाउन सक्ने बताएको छ ।

डब्ल्यूएचओको ध्यान खोप उपलब्ध भएसँगै सबैभन्दा पहिला वृद्ध र जोखिमपूर्ण समूहको सूचीमा रहेका मानिसमा केन्द्रित रहेकाले स्वस्थ युवाले छिटो कोरोनाविरुद्धको खोप नपाउन सक्ने डब्ल्यूएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले बताएकी हुन् ।

उनका अनुसार खोप आएपछि सबैभन्दा पहिला स्वास्थ्यकर्मी, अग्रभागमा खटिने कर्मचारी र वृद्धवृद्धाहरुले यो खोप पाउने छन् । यद्यपि कसलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा अझै पनि छलफल भइरहेको उनको भनाई छ ।

स्वामी नाथनले सन् २०२१ मा कम्तीमा एउटा सुरक्षित र प्रभावकारी खोप आउन सक्ने बताएकी छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय