scheduleमगलवार मंसिर १६ गते, २०७७

कोलकत्ताको कप्तानशीप मोर्गनलाई सुम्पँदै दिनेशले भने- म ब्याटिङमा ध्यान दिन्छु

नयाँ दिल्ली, ३० असोज । कोलकत्ता नाइट राइडर्सले आईपीएल २०२० को बीचैमा कप्तान फेरेको छ । यसअघिका कप्तान दिनेश कार्थिकले नेतृत्व छोडेसँगै आफूलाई ब्याटिङमा ध्यान दिन सहयोग पुग्ने बताएका छन् ।

कलकत्ता ७ खेलमा ४ खेलमा जित निकाल्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ । टिमका सीईओले वेन्की माइसोरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘टिमलाई सधैं प्राथमिकतामा राख्ने दिनेशजस्ता नेतृत्व पाउँदा हामी भाग्यशाली छौं । यस्तो बेला यस्तो निर्णय गर्न उनमा थप ऊर्जा चाहिन्छ ।’

‘उनको निर्णयबाट हामी आश्चर्यचकित भए पनि हामी निर्णयलाई सम्मान गर्छौं । इयान मोर्गन जो २०१९ को विश्व कप जिताउने कप्तान हुन्, उनलाई कप्तानको रुपमा पाउँदा पनि हामी भाग्यशाली छौं,’ विज्ञप्तिमा भनिएको छ ।

मोर्गनलाई २०१९ को डिसेम्बरमा भएको अक्सनमा ५.२५ भारुमा कोलकत्ताले किनेको हो । उनी कोलकत्ताबाट सबैभन्दा बढी रन बटुल्नेमा दोस्रो स्थानमा छन् । उनले यो सिजनमा १७५ रन जोडेका छन् ।

उनको औसत रन ३५ रहेको छ । दिनेशले भने जम्मा १०८ रन जोडेका छन् र उनको औसत १५.४२ रहेको छ । उनलाई कोलकत्ताले सन् २०१८ को सिजनमा ७.४ करोड भारुमा किनेको थियो ।

तस्बिर: इएसपिएन क्रिक इन्फो

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay