scheduleबिहिवार कार्तिक ६ गते, २०७७

जापानी मैदानमा ‘गाउँले फुटबल’ प्रतियोगिता, नेपाली र जापानीज टोलीबीच प्रतिस्पर्धा

फुकुओका, ३० असोज । जापानको फुकुओकामा नेपाली र जापानीज टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । गाउँले रेस्टुरेन्ट एण्ड बारको आयोजनामा आगामी नोभेम्बर १४ मा आयोजित मैत्रीपूर्ण प्रतियोगितालाई एनआरएनए क्युसु र वाजिरो नेपाली सर्भिस समाजले सघाउनेछ ।

‘गाउँले फुटबल’ नाम दिइएको प्रतियोगितामा नेपाली र जापानी टोलीबीच प्रतिस्पर्धा हुनेछ । फुकुओकामा नेपाली र जापानीबीच पहिलोपटक फुटबल प्रतियोगिता हुन लागेको आयोजक गाउँले रेस्टुरेन्टका सञ्चालक किरण बर्माले जानकारी दिए ।

खेलमा विजयी टोलीले ५० हजार जापानी येन पुरस्कार पाउनेछ । खेलाडी छनौटका लागि आयोजकले सुनिल गुरुङले जिम्मा पाएका छन् । प्रतिस्पर्धालाई रोचक र मैत्रीपूर्ण बनाउन फुकुओकाबासी नेपाली र जापानी नागरिकलाई आह्वान गरिएको आयोजकमध्येका एक नवराज गौतमले जानकारी दिए ।

गाउँले रेस्टुरेन्टले यसअघि पनि फुकुओकामा वर्किङ भिसासम्बन्धी सेमिनार एवम् सहयोग कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । रेष्टुरेन्टका सञ्चालक बर्माले एनआरएन क्युसुको नेतृत्व गर्नुका साथै विभिन्न सामाजिक कामहरुमा सक्रिय रहँदै आएका छन् ।

प्रतियोगिताले नेपाली र जापानी समुदायबीच घनिष्ट सम्बन्ध कायम गर्न भूमिका खेल्ने अर्का आयोजक विवेक बुढाथोकीले विश्वास व्यक्त गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay