scheduleबिहिवार कार्तिक ६ गते, २०७७

खुट्टा निदाउने समस्या छ, यसो गर्नुहोस्

खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

हाम्रो शरीरमा स्नायुकोष (नर्भ)ले मस्तिस्कसम्म पुरयाउने काम गर्छ । शरीरका अन्य भागमा जस्तै खुट्टामा पनि कयौँ स्नायुको कोषहरु हुने गर्छ ।

खुट्टामा दवाब पर्न जाँदा रक्तसञ्चार प्रणाली अवरुद्ध हुन्छ । जस्ले गर्दा प्रशस्त रगत र त्यसको साथमा अक्सिजन प्रर्याप्त पुग्न पाउदैन । यसले गर्दा खुट्टामा स्नायुहरु केही समयको लागि निस्कृय हुन्छन् र बाह्य सन्देश मस्तिस्कसम्म पुग्न सक्दैन् । यसले गर्दा खुट्टा झम झम गर्ने स्पर्श अनुभव गर्न नसकिने र भारी भएको महशुस हुन्छ ।

जव खुट्टामा दवाव हट्छ अथवा खुट्टा चलाइन्छ अथवा मालिस गरिन्छ रक्तसञ्चार पुन नियमित भई खुट्टा निदाउने समस्या हटछ् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay