एउटै राशीबीच वैवाहिक सम्बन्ध कस्तो हुन्छ ? यसो भन्छ ज्योतिषशास्त्र
विवाहका लागि पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्था, बानी व्यवहार समान भए वैवाहिक जीवनको भविष्य सुन्दर र सुरक्षित हुन्छ । तर विवाह गर्ने जोडीको राशि समान भएको अवस्थामा सधै सुखी र खुशी मात्रै हुन नसक्ने ज्योतिषशास्त्रको ठहर छ ।
समान राशि भएका मानिसहरुमा केहि हदसम्म व्यवहारमा समानता पनि पाइन्छ । यस्तो अवस्थामा कति अवसरमा वैवाहिक जीवनले सुन्दर मोड लिन्छ भने कतिले विनाश र बर्बादीको बाटो समात्छ ।
मेषः यस राशि भएक जोडीहरु एकदमै मेहेनती हुन्छन् यसकारण उनीहरुको वैवाहिक जीवनको भविष्य पनि सुन्दर र सफल हुन्छ ।
वृषः यो राशि भएका जोडीहरुमा माया देखाउन सक्ने कला भएको हुँदा उनीहरुको जीवन सुखी हुन्छ ।
मिथुनः यो राशिका मानिसहरु शान्त स्वभावका हुन्छन्, अन्तर्मुखी हुने भएकाले यिनीहरु सधै चिन्तित रहन्छन् । यो राशी भएहरुले समान राशिसँग विवाह नगर्दा उपयुक्त हुन्छ ।
कर्कटः यी दुईको जोडीबीच बादविवाद भैरहन्छ ।
सिंहः यो राशि भएका जोडीहरुको स्वभाव खरो हुने भएकोले कहिले काहिँ झगडा हुनेछ तर बाँकी जीवन सुखी रहनेछ ।
कन्याः यो राशि भएका जोडीहरु एकअर्कासँग सधै असन्तुष्ट हुनेछन् । कन्या राशि भएका मानिसहरुले अन्य राशिसँग विवाह गर्दा फलदायी हुन्छ ।
तुलाः यो राशि भएका जोडीहरुको वैवाहिक जीवन तनावरहित र सुखी हुन्छ ।
वृश्चिकः यो राशि भएका मानिसहरु एकदमै झगडालु हुने भएकाले समान राशि विवाह बन्धनमा बाँधिएमा जोडी सफल हुदैँन ।
धनुः यो राशि भएका जोडीहरु सुखी र खुशी रहन्छन् ।
मकरः यो राशि भएको जोडी सुखी रहन्छन् र विवाह सफल हुन्छ ।
कुम्भः यो राशि भएकाहरुको जोडी मेहेनती भएकोले जीवन सुखी हुन्छ ।