scheduleबिहिवार कार्तिक ६ गते, २०७७

मोर्गानले कप्तानी गरेको पहिलो खेलमै कोलकाता पराजित, मुम्बई शीर्षस्थानमा

काठमाडौं, १ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा मुम्बई इन्डियन्सले सहज जीत हात पारेको छ । प्रतियोगितामा छैटौं जीत दर्ता गर्ने क्रममा उसले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्‍यो ।

अबुधाबीस्थित शेख जायद रङ्गशालामा कोलकाताले दिएको १४९ रनको लक्ष्य मुम्बईले ३ ओभर १ बलको खेल बाँकी रहँदै २ विकेटको क्षतिमा पूरा गरेको हो । उसका लागि ओपनर क्विन्टन डिककले अविजित ७८ रन बनाए भने कप्तान रोहित शर्माले ३५ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४८ रन बनाएको थियो । खराब सुरुवात गरेको कोलकाताका लागि प्याट कमिन्स र इयान मोर्गानले इनिङ सम्हाल्दै सम्मानजनक स्कोरमा पुर्‍याएका थिए । ६१ रनमा ५ विकेट गुमाएको कोलकाताका लागि त्यसपछि आएका प्याट कमिन्सले अविजित ५३ रनको अर्धशतकीय पारी खेले भने कप्तान मोर्गानले पनि अविजित ३९ रन बनाए ।

कोलकाताले शुक्रबार दिउँसो मात्र कप्तान परिवर्तन गरेको थियो । दिनेश कार्तिकले कप्तानी जिम्मेवारी इंग्ल्यान्डका कप्तान इयान मोर्गानलाई सुम्पिएका थियो । उनको कप्तानीमा पहिलो खेलमा नै उत्साहजनक प्रदर्शन भने देखिएन । मुम्बईले सहज जीत निकाल्दै प्लेअफमा स्थान बनाउने लगभग निश्चित गरेको छ ।

जीतसँगै ८ खेलबाट १२ अंक जोडेको मुम्बई शीर्ष स्थानमा उक्लिएको छ भने पराजित कोलकाताको समान खेलबाट ८ अंक छ र तालिकाको चौथो स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay