scheduleबिहिवार कार्तिक ६ गते, २०७७

१० खेलाडीमा सीमित निम्समाथि पिएसजीको सहज जीत, एमबाप्पेको दुई गोल

काठमाडौं, १ कात्तिक । फ्रेन्च लिग वान फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सहज जीत हात पारेको छ । लिगमा लगातार पाँचौं जीत निकाल्ने क्रममा उसले १० खेलाडीमा सीमित निम्सलाई उसैको मैदानमा ४-० ले हरायो ।

पिएसजीको जितमा किलियन एमबाप्पेले दुई गोल गर्दा एलसान्द्रो फ्लोरेन्जी र पाब्लो सारावियाले समान एक गोल गरे ।

खेलको १२औं मिनेटमा नै घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । लुक लान्ड्रेले राफिन्हामाथि फल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

३२औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । त्यसपछिका सबै गोल दोस्रो हाफमा भएका थिए ।

दोस्रो हाफमा पिएसजीले ११ मिनेटको अन्तरालमा तीन गोल गर्दै शानदार जीत निकाल्न सफल भयो । ७७औं मिनेटमा फ्लोरेन्जीले पाब्लो सारावियाको पासमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ८३औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजी फराकिलो जिततर्फ अग्रसर बन्यो ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा पाब्लो सारावियाले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए । लिग वानको सुरुवाती दुई खेलमा पराजित भएको पिएसजीले त्यसपछिका पाँच खेलमा लगातार जीत निकाल्दै आएको छ ।

जितसँगै पिएसजीको ७ खेलबाट १५ अंक पुगेको छ । समान खेलबाटै रेनेसलेको पनि १५ अंक नै रहेपनि गोलअन्तरका आधारमा पिएसजी शीर्षस्थानमा उक्लिएको छ । निम्स ८ अंकसहित १३औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay