scheduleबिहिवार कार्तिक ६ गते, २०७७

शनिबार थपिए ३१६७ कोरोना संक्रमित, १८०० जना निको हुँदा १२ जनाको मृत्यु

काठमाडौं, १ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८०० जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

शनिबारसम्म ४ हजार ७१५ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ३८ हजार ७३७ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १५ हजार ४३८ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १२ लाख ६९ हजार ६०५ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप १२ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७२७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay