scheduleबिहिवार कार्तिक ६ गते, २०७७

काठमाडौं उपत्यकामा थपिए १७४६ कोरोना संक्रमित

काठमाडौं, १ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १ हजार ४५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनामा संक्रमण पुष्‍टि भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल ३१६७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay