scheduleबिहिवार कार्तिक ६ गते, २०७७

जमरा राख्न माटो लिन जानेको भीड

भक्तपुर, १ कात्तिक । हिन्दू नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन घर घरमा घटस्थापना गरिएको छ ।

घटस्थापनाका लागि जमरा उमार्नका आवश्यक माटो लिन भक्तपुरको च्यामासिंहमा भने भीड लाग्ने गरेको छ । भक्तपुरको च्यामासिंहमा रहेको ब्रह्मायणी मन्दिर नजिकै खोलाबाट माटो लिनेको भीड लाग्ने गरेकै कारण हरेक वर्ष स्वयंसेवकहरु नै परिचालन गरिँदै आएको छ ।

जमरा उमार्नका लागि उक्त स्थानको माटो राम्रो र पवित्र भएकाले सर्वसाधारणहरु माटो लिन पुग्ने गरेको स्थानीयहरुको भनाई छ ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्नका लागि घटस्थापना गरिन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay