scheduleशनिवार कार्तिक १५ गते, २०७७

बलात्कारविरुद्ध युवाहरु माइतीघर र बसन्तपुरमा


काठमाडौं, १ कात्तिक । मुलुकमा बलात्कारका घटना बढ्दै गएको भन्दै युवाहरुले शनिबार काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

काठमाडौंको बसन्तपुर र माइतिघरमा युवाहरुको फरक समूहले बलात्कारका घटना विरुद्ध प्रदर्शन गरेका हुन् । सडकमा बसेर प्रदर्शन गरेका युवाहरुले बलात्कारीलाई कडा सजायको माग गरेका छन् ।

बलात्कारका घटनामा संलग्न भएको आरोपित व्यक्तिलाई प्रशासनले पक्राउ गरेर सामान्य सोधपुछ गरि छाड्ने गरेकाले नै यस्ता घटनाहरु बढ्दै गएको उनीहरुको आरोप छ ।

उनीहरुले बलात्कारीका घटनालाई सामान्य रुपमा नलिन र बलात्कारीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay