scheduleबिहिवार कार्तिक ६ गते, २०७७

दुई अध्यक्षको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई ओलीको निर्देशन

काठमाडौं, १ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष  केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिएका छन् ।   शनिबार दिउँसो  बालुवाटारमा कर्णालीका ने‍ताहरुसँग भएको छलफलमा प्रधानमन्त्री समेत रहेका ओलीले   कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने बताएका  हुन् ।

‘तपाईँहरुले हामी दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्नुहोस् । अब चाँडै हामी बसेर त्यहाँको विवाद मिलाउँछौं’, प्रधानमन्त्रीको भनाई उदृत गर्दै बैठकमा  सहभागी एक  नेताले बताए ।  छलफलमा ओलीले  प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बताएका थिए ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सहइन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले सो छलफलमा  आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

पार्टीका अर्का अध्यक्ष   दाहाल बालुवाटारको उक्त छलफलमा उपस्थित भएनन् । उनले बिहीबार र शुक्रबार दुई पक्षका नेताहरुलाई बोलाएर छलफल गरेका  थिए भने वरिष्ठ नेता माधवकुमार नेपालले पनि कर्णालीको नेताहरुबाट जानकारी लिएका छन् ।  कर्णालीका इन्चार्ज जनार्दन शर्मा पनि  बैठकमा उपस्थित थिएनन् ।

नेकपा संसदीय दलका नेता शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको विवाद थप चुलिएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay