scheduleबिहिवार कार्तिक ६ गते, २०७७

डिभिलियर्सको विस्फोटक ब्याटिङमा बैंगलोरको शानदार जीत

काठमाडौं, १ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले जीत हात पारेको छ । प्रतियोगितामा छैटौं जीत हात पार्ने क्रममा उसले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्‍यो ।

राजस्थानले दिएको १७८ रनको लक्ष्य बैंगलोरले २ बल बाँकी छँदै ३ विकेटको क्षतिमा पूरा गर्‍यो । एबी डिभिलियर्सले २२ बलमा ५५ रनको विस्फोटक पारी खेल्दै बैंगलोरलाई कठिन अवस्थाबाट जीत दिलाए । २ ओभरमा ३५ रन चाहिएको अवस्थाबाट बैंगलोरले खेल जितेको हो । कप्तान विराट कोहलीले पनि ४३ रन बनाए भने देवदत्त पडिक्कलले पनि ३५ रनको योगदान दिए । राजस्थानका कार्तिक त्यागी, राहुल तेवतिया र श्रेयस गोपालले १-१ विकेट लिए ।

यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको थियो । राजस्थानका कप्तान स्टिभ स्मिथले ५७ रनको अर्धशतकीय पारी खेले भने ओपनिङमा आएका रबिन उथप्पाले ४१ रनको योगदान दिए । बैंगलोरका क्रिस मोरिसले ४ विकेट लिए भने युजभेन्द्र चहलले २ विकेट लिए ।

जीतसँगै ८ खेलबाट १२ अंक बटुलेको बैंगलोर अंकतालिकाको तेस्रो स्थानमा यथावत् छ भने पराजित राजस्थान ६ अंकसहित पुछारबाट दोस्रोमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay