scheduleबिहिवार कार्तिक ६ गते, २०७७

मर्सीसाइड डर्बी बराबरीमा सकियो, एभर्टनको अपराजित यात्रा कायमै

काठमाडौं, १ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार साँझ सम्पन्‍न मर्सीसाइड डर्बी बराबरीमा सकिएको छ । मर्सीसाइड डर्बी अर्थात् लिभरपुल र एभर्टनबीच भएको प्रतिष्पर्धात्मक खेल २-२ को बराबरीमा सकिएको हो ।

एभर्टनको मैदानमा भएको खेलमा लिभरपुलका साडियो माने र मोहमद सालाहले १-१ गोल गरे । एभर्टनका तर्फबाट माइकल किन र डोमिनिक काल्भर्ट लेविनले १-१ गोल गरे ।

खेलको तेस्रो मिनेटमै साडियो मानेले गोल गरेपछि पाहुना टोलीले १-० को अग्रता बनायो । तर १९औं मिनेटमा किनले बराबरी गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको मिनेटमा सालाहले गोल गरेपछि लिभरपुलले पुनः अग्रता बनायो । तर ८१औं मिनेटमा काल्भर्ट लेविनले बराबरी गोल गरेपछि खेल पुन रोमाञ्‍चक भएको थियो । ९०औं मिनेटमा एभर्टनका रिचार्लिसन रातो कार्ड खाँदै मैदानबाहिर पठाइएका थिए । इन्ज्युरी समयको तेस्रो मिनेटमा लिभरपुलले गोल गरेको भएपनि भिएआरबाट मान्यता पाएन । अन्ततः खेल २-२ को बराबरीमा सकियो ।

बराबरीपछि एभर्टनले अपराजित यात्रा कायमै राख्दै १३ अंकसहित अंकतालिकाको शीर्षस्थानमा यथावत् छ भने लिभरपुल पनि १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay