scheduleबिहिवार कार्तिक ६ गते, २०७७

बङ्गलादेशमा ७८.०५ प्रतिशत कोरोना सङ्क्रमणमुक्त

ढाका, १ कात्तिक । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७८.०५ व्यक्ति सङ्क्रमणमुक्त भएको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मुश्लिम बहुल यो मुलुकमा सङ्क्रमित १.४६ प्रतिशत व्यक्तिको मृत्यु भएको छ । महानिर्देशनालयका अनुसार विगत २४ घण्टामा एक हजार २०९ थप व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् भने २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

शनिबारसम्म कूल तीन लाख ८७ हजार २९५ सङ्क्रमित भएका छन् भने पाँच हजार ६४६ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ हजार ५७३ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ ।

बङ्गलादेशमा जुलाई २ मा सबैभन्दा बढी चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ व्यक्तिको मृत्यु भएको थियो । सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay