scheduleबिहिवार कार्तिक ६ गते, २०७७

१७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद

पर्सा, १ कात्तिक । वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले  १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३ किलो २५७ ग्राम सुन बरामद गरेको हो ।

भारत, विहारको रक्सौलस्थित हरैया निवासी अशोक सिन्हा बस्दै आएको फ्ल्याटमा अवैध सुन राखिएको पूर्वसूचनाका आधारमा कारबाही गर्दा एक किलो सय ग्रामलगायत विभिन्न तौलका २३ किलोभन्दा बढी सुन र दुई किलो २६२ ग्राम चाँदीका भाँडा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रउ पन्तले बन्द फ्ल्याटको दुई दिनसम्म निगरानी गरिए पनि कोही नआएपछि आज जनप्रतिनिधिको रोहबरमा ताल्चा फुटाई जाँच गर्दा उक्त परिमाणका सुन र चाँदी बरामद भएको बताए । सोक्रममा केही सुनसंँगै जोडिएका केही कागजातसमेत बरामद भएको र अनुसन्धान भइरहेको जनाइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay