चेन्नईविरुद्ध टस हारेर दिल्ली बलिङमा, सन्दीपलाई छैन मौका
काठमाडौं, १ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबारको दोस्रो खेलमा चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन् ।
चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर ब्याटिङ रोजेपछि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्ली बलिङमा उत्रिएको छ ।
यद्यपि हालसम्म दिल्लीले खेलेका आठवटै खेलमा मौका नपाएका सन्दीप नवौं खेलमा पनि बेन्चमा नै रहेका छन् । आजको खेलमा दिल्लीले कुनै परिवर्तन गरेको छैन ।
दिल्लीले हालसम्म खेलेका ८ खेलमध्ये ६ मा जीत हात पारेको छ भने दुईमा पराजित भएको छ । त्यसैगरी चेन्नईले समान खेलमा ३ जीत निकाल्दा पाँचमा हार व्यहोरेको छ ।