scheduleशनिवार कार्तिक १५ गते, २०७७

प्रिमियर लिग: साउथह्‍याम्पटनले चेल्सीलाई बराबरीमा रोक्यो

काठमाडौं, २ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति सम्पन्‍न खेलमा लन्डन क्लब चेल्सी बराबरीमा रोकिएको छ । घरेलु मैदानमै चेल्सीलाई साउथह्‍याम्पटनले बराबरीमा रोकेको हो ।

स्टामफोर्ड ब्रिजमा ३-३ को बराबरीमा सकिएको खेलमा चेल्सीका लागि टिमो वेर्नरले २ गोल र काई हाभर्टजले १ गोल गरे । साउथह्याम्प्टनका ड्यानी इंग्स, चे एडम्स र जान्निक भेस्टरगार्डलेले १-१ गोल गरे ।

खेलको १५औं मिनेटमा टिमो वेर्नरको गोलबाट चेल्सीले खेलमा अग्रता लिएको थियो ।  २९औं मिनेटमा वेर्नरले नै जर्गिन्होको पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट फिनिस गरेपछि चेल्सी २-० ले अघि बढेको थियो । ४३औं मिनेटमा ड्यानी इंग्सले गोल गरेपछि पहिलो हाफ २-१ को अवस्थामा सकिएको थियो ।

५७औं मिनेटमा साउथह्‍याम्पटनका चे एडम्सले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर त्यसको दुई मिनेट पछि नै टिमो वेर्नरको पासमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई ३–२ को अग्रता दिलाए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा थियो वाल्कोटमा पासमा जान्निकले गोल गर्दै चेल्सीबाट अंक खोस्न सफल भए । यो बराबरीसँगै चेल्सी ५ खेलबाट ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । साउथह्याम्टन ७ अंकसहित १०औं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay