scheduleशनिवार कार्तिक १५ गते, २०७७

प्रिमियर लिगमा म्यान्चेस्टरका दुई क्लबको जीत

काठमाडौं, २ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति सम्पन्‍न खेलमा म्यान्चेस्टरका दुई क्लब आआफ्ना खेलमा विजयी भएका छन् । म्यान्चेस्टर युनाइटेडले न्युकासल तथा म्यान्चेस्टर सिटीले आर्सनललाई हराउँदै महत्वपूर्ण ३ अंक बटुल्न सफल भएको हो ।

युनाइटेडले न्युकासललाई उसैको मैदानमा ४-१ ले पराजित गरेको हो । युनाइटेडको जीतमा मार्कस रासफोर्ड, आरोन वान बिसाका, ब्रुनो फर्नान्डेस र कप्तान ह्‍यारी मागुइरेले १-१ गोल गरे । न्युकासलको १ गोल पनि युनाइटेडकै तर्फबाट आत्मघाती भएको थियो ।

खेलको दोस्रो मिनेटमा नै म्यानुका ल्युक शबाट आत्मघाती गोल भएपछि न्युकासलले सुरुवाती अग्रता लिएको थियो । तर मागुइरेले २३औं मिनेटमा गोल गरेपछि खेल १-१ को बराबरीमा आएको थियो । त्यसपछिका सबै गोल अन्तिम १० मिनेटमा भएका थिए ।

८६औं मिनेटमा फर्नान्डेसले गोल गरेपछि खेलमा युनाइटेडले अग्रता बनायो । ९०औं मिनेटमा वान बिसाकाले तेस्रो गोल गरे भने इन्ज्युरी समयको छैटौं मिनेटमा रासफोर्डले गोल गरेपछि युनाइटेडले ४-१ को शानदार जीत निकाल्यो ।

जीतसँगै युनाइटेड ४ खेलबाट ६ अंकसहित १४औं स्थानमा रहेको छ भने पराजित न्युकासल ५ खेलबाट ७ अंकसहित ११औं स्थानमा छ ।

 सिटीले आर्सनललाई हरायो

यस्तै शनिबारै सम्पन्‍न अर्को खेलमा म्यान्चेस्टर सिटिले आर्सनललाई १-० ले पराजित गर्‍यो । सिटीको जीतमा रहिम स्टर्लिङले एकमात्र गोल गरे ।

उनले २३औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

जीतसँगै सिटी ४ खेलबाट ७ अंकसहित नवौं स्थानमा रहेको छ भने आर्सनल ५ खेलबाट ९ अंकसहित पाँचौ स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay