scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

दशैं भत्तामा ‘नारायणकाजी’ प्रभाव, भत्ता फिर्ता गर्नेहरु बढ्दै

काठमाडौं, २ कात्तिक । नेपालको कानूनविपरीत संघीय संसदका सदस्य तथा उनीहरुका स्वकिय सचिवलाई दशैंभत्ता वितरण विवादमा परिरहेको बेला केही सांसदहरुले भत्ता फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्रियसभाका सांसद तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त भत्ता नलिएको समाचारसँगै उक्त खबर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उनले गत चैतदेखि नै तलबभत्ता लिएका छैनन् ।

सामाजिक सञ्जालमा व्यापक विरोधसँगै सत्तारुढ नेकपाका सांसद डा. भीम रावलले आफूलाई दशै भत्ता स्वरुप दिइएको रकम फिर्ताका लिन संघीय संसद सचिवाललाई पत्र पठाएका छन् । रावलले उक्त रकम नलिने घोषणा गर्दै रकम फिर्ताका लागि निवेदन दिएका हुन् ।

रावलले आफ्नो खातामा जम्मा गरिएको रकम फिर्ता गर्न आफू चेक दिन तयार भएको बताएका छन् । यदि यो सम्भव नभए अर्को महिनाको तलब यसैबाट कटाउन उनले भनेका छन् । सांसदहरुले मासिक रुपमा पाउँदै आएको ६५ हजार तलबमा त्यति नै बराबर सचिवालयले बैंक खातामा दसैँ भत्ता पठाएको छ।

‘मेरो दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्नका लाििग आग्रह गर्दछु। यदि मेरो खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाइ हुने भएमा भत्ता बराबरको मबाच चेक लिएर वा मेरो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टी हुनेगरी जुन त्यस सचिवालयलाई सहज हुन्छ सोही अनुरुप गर्नुहोला,’ रावलले संसदका महासचिवलाई सम्बोधन गरी पठाएको पत्रमा उल्लेख गरेका छन् ।

यसअघि नेकपाकै सांसद जनार्दन शर्माले दशैंभत्ता स्वरुप पाएको रकम पुर्वजनमुक्ति सेनाको उपचारका लागि खर्चिने घोषणा बताइसकेका छन् । ‘दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पुर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु,’ शर्माले एक ट्वीट सन्देशमा भनेका छन् ।

यस्तै वाग्मती प्रदेशसभाकी सदस्य तथा साझा पार्टीकी नेतृ शोभा शाक्यले पनि दशैं भत्ता नलिने घोषणा गरिसकेकी छिन् । उनले कोभिड १९ को महामारीका कारण देशमा आर्थिक संकटमा परिरहेको र ठूलो संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला भत्ता लिन उपयुक्त नहुने तर्क गरेकी हुन् ।

‘मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु। दशैँ खर्च बापतको सो रकम कोभिड १९ को स्वास्थ्य कोषमा दाखिला गर्न समेत हार्दिक अनुरोध गर्दछु,’ उनले विज्ञप्ति जारी गर्दै भनेकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay