scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

यात्रा गर्दै हुनुहुन्छ, अनिवार्य भाइजर लगाउनुहोस्

काठमाडाैं, २ कात्तिक । यातायात व्यवस्था विभागले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड (भाइजर) लगाउन यात्रुलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको जोखिमसँगै दशैँमा ओहोरदोहोर गर्नेको सङ्ख्या पनि बढ्ने भएकाले फेस शिल्ड अनिवार्य लगाउन आग्रह गरिएको बिभागले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन यात्रु आफै सचेत हुनुपर्ने विभागको भनाई छ ।

त्यस्तै विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नर्तिन पनि यात्रुलाई आग्रह गरेको छ । सरकारले यसअघि आधा सिटमा मात्रै यात्रु बोक्दा साविकको भाडामा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो ।

तर, विभागले एक सूचना जारी गर्दै सो नियम खारेज भइसकेको र साविककै दरमा भाडा लिनुपर्ने बताएको छ । भाडा लिने, यात्रुलाई ठग्नेलाई कारबाही हुने विभागले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay