scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

सरकारको राम्रो कामबाट अत्तालिएकाहरुले अफवाह फैलाएः प्रम ओली


काठमाडौं, २ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सम्पूर्ण ध्यान मुलुकको विकासमा केन्द्रीत रहेको बताएका छन् ।

आइतबार झापाको दमक नगरपालिकामा दमक अस्पताल भवनको भर्चुअल माध्यमबाट शिल्यान्याश गर्दै प्रधानमन्त्री ओलीले कोरोनाका कारण विकास प्रयासमा केही व्यवधान खडा भएपनि विभिन्न ठाउँमा शिलन्यास र सरकारी भवनहरु निर्माण भइरहेको बताए ।

उनले नयाँ रेल ल्याइसकेको, पूर्वपश्चिम रेलको तयारी भएको, तुइन विस्थापन भएको लगाएका कामहरु भएको जानकारी पनि दिए ।

सरकारले कुरामात्र नगरेको र काम पनि गरेको भन्दै प्रधानमन्त्री ओलीले राम्रा कामबाट आत्तिएकाहरुले नकारात्मक अफवाह फैलाउने गरेको बताए ।

यस्तै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिने दर रोक्न र यसलाई निर्मूल गर्न सरकार लागि परेको उल्लेख गरे ।

उनले सुरूमा कोरोना नियन्त्रण गर्न सकिए पनि पछिल्लो अवस्थामा फैलिरहेको पनि बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay