scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

४५ वर्षपछि दशैंमा नयाँ कपडा पाएँः महावीर पुन

काठमाडौं, २ कात्तिक । सामाजिक अभियन्ता तथा वैज्ञानिक महावीर पुनले ४५ वर्षपछि दशैंमा नयाँ कपडा पाएको भन्दै सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेका छन् ।

आइतबार फेसबुकमा तस्बिरसहितको स्टाटस लेख्दै पुनले जिन्दगीको दोस्रो नयाँ सुट लगाएको बताएका छन् । ‘धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच गरिरहनुभएको थियो । अब कचकच गर्ने साथीहरु चुप लाग्नुहोस्,’ उनले लेखेका छन्, ‘सायद ४५ वर्षपछि मैले दशैंमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै पाेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन । मेरो जिन्दगीको यो दोस्रो नयाँ सुट हो । जुत्ता चाहिँ ६ वर्ष पुरानो हो ।’

उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘कहिलेकाँही त गल्लीको कुकुरको पनि दिन आउँछ भनेको यही होला । क्या रमाइलो हुने भयो यो पालीको दशैं ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay