scheduleबुधवार मंसिर १७ गते, २०७७

लुम्बिनी प्रदेशको स्पष्टीकरण- हाम्रा जनप्रतिनिधिले चाडपर्व खर्च लिएका छैनन्

लुम्बिनी, २कात्तिक । लुम्बिनी प्रदेश सरकारले जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ । प्रदेश सरकारले प्रदेशअन्तर्गत र स्थानीय तहका कुनै पनि जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ ।

प्रदेश सरकार, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज प्रेस नोट जारी गरी जनप्रतिनिधि र चाडपर्व खर्चका बारेमा चर्चा हुन थालेपछि उक्त कुराको स्पष्ट पारेका हुन् ।

उनले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यका साथै स्थानीय तहका जनप्रतिनिधिले अहिलेसम्म कुनै प्रकारको चाडपर्व खर्च(दशैंँखर्च) नलिएको स्पष्ट पारेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay