सिडी विजयले ल्याए दशैंको माहौलसहित ‘पुतली’ (भिडियोसहित)
काठमाडौं, २ कात्तिक । द भ्वाइस अफ नेपाल सिजन वानका विजेता गायक सिडी विजय अधिकारीको स्वर रहेको रमाइलो रोमान्टिक गीत पुतलीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
अमेरिका निवासी प्रोफेसर डा. कैलाश घिमिरेको रचना रहेको गीतमा राजेश थापाको संगीत रहेको छ । गीतलाई बिबी अनुरागीले संगीत संयोजन तथा श्यामश्वेत रसाइलीले मिक्सिङ्ग मास्टररिङ्ग गरेका छन् ।
गीतमा अहिले म्युजिक भिडियोकी चर्चित मोडल गरिमा शर्माका साथ चलचित्र लम्फुबाट डेब्यु गरेका नायक कबिर खड्का र बाल कलाकार आर्शिना भट्टराईले अभिनय तथा नृत्य गरेका छन् ।
मनपराएको प्रेमिकालाई साथीहरुको सहयोगमा फकाउँदै गरेको रोमान्टिक अवस्था म्युजिक भिडियोमा देख्न सकिन्छ । यसका साथै म्युजिक भिडियोमा गाउँघरमा आउँदै गरेको दशैंको माहौललाई रमाइलो ढंगबाट उतारिएको छ ।
म्युजिक भिडियोलाई उत्सव दाहालको छायांकन, नविन निरौलाको सम्पादन, दिपेन गौतमको निर्माण व्यवस्थापनमा तयार गरिएको छ । सुबोल थापाको नृत्य निर्देशन गरेको म्युजिक भिडियोलाई जया शर्माको कन्सेप्टमा सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।