scheduleशनिवार कार्तिक १५ गते, २०७७

पहिलो खेलमै फर्गुसनको उत्कृष्‍ट बलिङ, कोलकाताको रोमाञ्‍चक जीत

काठमाडौं, २ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आइतबारको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले रोमाञ्‍चक जीत हात पारेको छ । प्रतियोगितामा पाँचौ जीत हात पार्ने क्रममा उसले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्‍यो ।

सुपर ओभरमा केवल ३ रनको लक्ष्‍य पाएको कोलकाताले सहज रुपमा ३ रन हासिल गर्‍यो । हैदराबादलाई २ रनमै रोक्न कोलकाताका लागि यस सिजन पहिलो खेल खेलिरहेका लकी फर्गुसनले डेभिड वार्नर र अब्दुल समादलाई बोल्ड आउट गरेका थिए ।

उसअघि कोलकाताले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदराबादले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । कप्तान डेभिड वार्नर ४७ रनमा अविजित रहेपनि टोलीलाई जीत दिलाउन सकेनन् । यस्तै जोनी बेयरस्टोले ३६ तथा केन विलियमसनले २९ रन बनाए । कोलकाताका लकी फर्गुसनले ३ विकेट लिए भने प्याट कमिन्स, वरुण चक्रवर्ती र शिवम मावीले १-१ विकेट लिएका थिए ।

अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । औपनर शुभमन गिलले ३६ रन बनाए भने कप्तान इयान मोर्गानले ३४ तथा दिनेश कार्तिक र नितिश रानाले समान २९ रन बनाए । हैदराबादका टि नटराजनले २ विकेट लिए भने बसिल थम्पी, विजय शंकर र राशिद खानले १ १ विकेट लिए ।

जीतसँगै ९ खेलबाट १० अंक बटुलेको कोलकाता अंकतालिकाको चौथो स्थानमा यथावत् रहेको छ भने पराजित हैदराबाद ६ अंकसहित पाँचौ स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay