scheduleमगलवार मंसिर १६ गते, २०७७

एउटै खेलमा दुई सुपर ओभर, अन्त्यमा पञ्‍जाबले बाजी मार्‍यो

काठमाडौं, ३ कात्तिक । युएईमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेलमा किङ्स इलाभेन पञ्जाबले रोमाञ्चक जीत निकालेको छ । दुईपटकसम्म भएको सुपर ओभरमा पञ्जाबले मुम्बई इन्डियन्सलाई हराउँदै महत्वपूर्ण २ अंक प्राप्त गयो ।

निर्धारित २० ओभरको खेलमा दुवै टोलीले १७६ रन बनाएपछि खेल बराबरी भएको थियो । त्यसपछि भएको सुपर ओभरमा पञ्जाबले ५ रन जोड्दै मुम्बईसामू ६ रनको लक्ष्य प्रस्तुत गर्यो । तर, अन्तिम बलमा २ रन आवश्यक रहेको बेला क्विन्टन डिकक दोस्रो रन लिने क्रममा रनआउट भए र पुनः अर्को सुपर ओभरमा खेल धकेलियो ।

दोस्रोपटकको सुपर ओभरमा मुम्बईले ११ रन जोड्यो । १२ रनको लक्ष्य पछ्याएको पञ्जाबका क्रिस गेलले पहिलो बलमै छक्का प्रहार गरे । त्यसपछि १ रन लिएर मयंक अगरवालाई स्ट्राइक दिए । मयंकले त्यसपछि लगातार २ चौका प्रहार गर्दै पञ्जाबलाई जीत दिलाए ।

यसअघि मुम्बईले दिएको १७७ रनको लक्ष्य पछ्याएको पञ्जाबले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । कप्तान केएल राहुलले ७७ रन बनाए भने क्रिस गेल र निकोलस पूरनले समान २४ रन बनाउँदा दीपक हुडा २३ रनमा अविजित रहे । मुम्बईका जसप्रीत बुमराहले ३ तथा राहुल चहरले २ विकेट लिए ।

त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । ओपनर क्विन्टन डिककले ५३ रन बनाए भने क्रुणाल पान्ड्या र कायरन पोलार्डले समान ३४ रन बनाए । पञ्जाबका मोहम्मद शामी र अर्शदीप सिंहले २-२ विकेट लिए भने रवि बिश्नोई र क्रिस जोर्डनले १-१ विकेट लिए ।

जीतसँगै ९ खेलबाट ६ अंक बटुलेको पञ्जाब अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ भने हारका बाबजुद मुम्बई १२ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay