scheduleबिहिवार मंसिर १८ गते, २०७७

सम्झौताहिन अवस्थामा बेलायत ईयूसँग ब्रेक्जिटका लागि तयार !

लन्डन, ३ कात्तिक । युरोपेली संघ (ईयू)सँग ब्रेक्जिट पछिको व्यापार सम्झौतामा पुग्न चाहेको बेलायत सरकारले आइतबार बताएको छ ।

बेलायतले सम्झौताको लागि गत हप्तासम्मका लागि ईयू शिखर सम्मेलनको म्याद थपेको थियो । तर प्रधानमन्त्री बोरिस जोनसनले ईयूले राखेका शर्तमा नै सम्झौता गर्न बेलायत तयार नभएको बरु सम्झौताहीन अवस्थामा ब्रेक्जिटका लागि तयार हुने बताएका हुन् ।

यद्यपि वरिष्ठ मन्त्री माइकल गोभले आइतबार आफू अझै पनि ईयूसँग व्यापार सम्झौताका लागि आशावादी रहेको बताए । उनले बेलायती एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सम्झौताका लागि ढोका ‘खुला’ रहन्छ तर यसका लागि ईयूले आफ्नो अडान बदल्नु पर्ने बताए ।

दुवै पक्ष निष्पक्ष प्रतिस्पर्धाका नियमहरूमा असहमत छन्, यी नियमहरू कसरी लागू हुन्छन् र युरोपेली युनियन सदस्य राष्ट्रले बेलायतको पानीमा माछा मार्ने कति पहुँच पाउँछन् भन्ने विषयले सम्झौता हुने वा नहुने कुराको निर्धारण गर्ने देखिएको छ ।

बेलायतले आफ्नो पानीमाथि सार्वभौमिकता पुनःस्थापित गर्न चाहन्छ र यस सम्झौतामा बेलायतले ईयू–क्यानडाबीच भएको जस्तो साधारण व्यापार सम्झौता चाहन्छ । ईयूले बेलायतको अवस्था क्यानाडाभन्दा बिल्कुलै फरक रहेको बताउँदै आएको छ ।

गोभले स्काई न्यूजसँग भने, ‘म सम्झौताको पक्षमा छु र एउटा निष्कर्षमा पुग्न चाहन्छु तर त्यसो हुनको लागि दुवै पक्षले केही छोड्न र मध्यमबाटो अवलम्वन गर्न आवश्यक छ । ईयूले अहिले त्यस्तो गरिरहेको छैन ।’ सम्झौतामा पुग्न उनीहरू (ईयू–सदस्य राष्ट्रहरू) गम्भीर नबनेको उनको आरोप छ ।

युरोपेली आयोगका प्रमुख वार्ताकार मिशेल बार्नियर र उनका बेलायती समकक्षी डेभिड फ्रस्ट सोमबार वार्ताको संरचनाको बारेमा छलफल गर्ने कार्यक्रम रहेको ईयुले उल्लेख गरेको छ । ‘बल उहाँको हातमा छ,’ गोभले बार्नियरप्रति सङ्केत गर्दै भने ।

सम्झौता गर्न असफल भएमा बेलायत र युरोप उच्च कर र कोटाहरूको साथ विश्व व्यापार संगठनको शर्तमा फर्किनेछन् जसले महामारी पहिले नै कमजोर अर्थतन्त्रलाई थप सङ्कटतर्फ धकेल्ने सम्भावना छ । एएफपी

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay