scheduleबुधवार मंसिर १७ गते, २०७७

अन्तिमसम्म सम्हालिन नसक्दा टोटनहाम बराबरीमा रोकियो

काठमाडौं, ३ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति सम्पन्‍न खेलमा टोटनहाम र वेस्टहामले बराबरी खेलेका छन् । घरेलु मैदानमा ३-० को आरामदायी अग्रतालाई अन्तिमसम्म जोगाउन नसक्दा टोटनहाम बराबरीमा रोकियो ।

घरेलु टोलीले पहिलो मिनेटमै सन ह्युङमिनको गोलमार्फत अग्रता लिएको थियो । केनको पासमा गोल गरेका सनले आठौं मिनेटमा केनलाई पास दिए र केनले पनि गोल गरे । १६औं मिनेटमा केनले दोस्रो गोल गरेपछि टोटनहाम ३-० ले अघि बढ्यो ।

दोस्रो हाफको ८०औं मिनेटमा अग्रता कायमै राखेको टोटनहामले त्यसपछि लय गुमाउँदा ३ गोल खान पुग्यो । ८२औं मिनेटमा फाबियन बालबुयनाले एक गोल फर्काए भने त्यसको ३ मिनेटमै टोटनहामका डेभिन्सन सान्चेजबाट आत्मघाती गोल हुन पुग्यो । इन्ज्युरी समयको चौथो मिनेटमा मानुयल लान्जिनीले गोल गर्दै वेस्टह्यामलाई शानदार पुनरागमन गराए ।

बराबरीपछि टोटेनहम ५ खेलबाट ८ अंक जोडेर छैटौ स्थानमा रहेको छ । वेस्टह्याम ७ अंकसहित आठौं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay