scheduleबिहिवार मंसिर १८ गते, २०७७

लेस्टरलाई उसैको मैदानमा हराउँदै भिल्लाले अपराजित यात्रा कायम राख्यो

काठमाडौं, ३ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति सम्पन्‍न खेलमा एस्टन भिल्ला विजयी भएको छ । रोमाञ्‍चक खेलमा लेस्टर सिटीलाई उसैको मैदानमा हराउँदै भिल्लाले अपराजित यात्रा पनि कायम राखेको छ ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रस बार्कलेले गोल गरेपछि भिल्लाले १-० को रोमाञ्‍चक जित निकालेको हो । बार्कले केही दिनअघि मात्र चेल्सीबाट भिल्लामा आबद्ध भएका खेलाडी हुन् ।

लिगमा भिल्लाको यो लगातार चौथो जित हो । भिल्लाले यसअघि सेफिल्ड युनाइटेड, फुलहम र लिभरपुलमाथि जीत निकालेको थियो ।

जीतसँगै अपराजित रहेको भिल्ला चार खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित लेस्टर ९ अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay