scheduleबिहिवारमाघ ८ गते, २०७७

नेदरल्याण्डमा गम्भीर बिरामी बच्चालाई मृत्यु दिन चिकित्सकले निर्णय गर्न सक्ने नयाँ कानून

एजेन्सी, ३ कात्तिक । नेदरल्याण्डको डच सरकारले चिकित्सकले गम्भीर बिरामी तथा निको नहुने रोग लागेका १ देखि १२ वर्षमुनिका बच्चाको जीवन अन्त्य गर्ने अधिकार चिकित्सकलाई दिने कानून ल्याएको छ ।

यो कानूनसँगै चिकित्सकहरुले आफ्नै तरिकाले यस्ता बिरामी बच्चाको जीवन अन्त्य गरिदिन सक्छन् । यद्यपि, यस्तो निर्णय गर्नुअघि उनीहरुले बच्चाको आमाबाबुको सहमति भने लिनुपर्नेछ ।

उक्त कानूनबारे मिश्रित प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । त्यहाँ नयाँ कानूनबारे तीव्र बहस र विवाद सुरु भएको छ । केही संगठनहरुले यदि बच्चालाई औषधिको माध्यमबाट ज्यूँदो राख्न सकिन्छ भने उनीहरुलाई मृत्यु दिन नहुने तर्क गरेका छन् ।

नेदरल्याण्डमा धेरैजसो विशेषज्ञ र कानून निर्माताहरु नयाँ कानूनसँग सहमत देखिएका छन् । नेदरल्याण्डमा यसअघि नै एक वर्षसम्मका निको नहुने वा गम्भीर रोग लागेका बिरामी बच्चालाई मृत्यु दिन अनुमति छ ।

डच स्वास्थ्य मन्त्री ह्यूगो डी जन्गले गम्भीर रोगी बच्चालाई मृत्यु दिने कानून ल्याउन प्रस्ताव राखेका हुन् । उनले १ वर्षलाई बढाएर १२ वर्षसम्मका गम्भीर रोगी बच्चालाई समेट्ने गरेर कानून ल्याउन प्रस्ताव राखेका हुन् ।

उनले गत मंगलबार संसदमा भने, ‘केही बच्चा गम्भीर रोगी हुन्छन् । उनीहरुको स्वास्थ्य कुनै तरिकाले पनि सुधारको अपेक्षा राख्न सकिन्नँ । उनीहरुको जीवन अनावश्यकरुपमा कष्टकर भइरहेको हुन्छ । हरेक वर्ष यस्ता झण्डै ५ देखि १० बच्चा भेटिन्छन् ।’

यदि कोही बच्चा ‘असैह्य र निराशाजनक पीडा’ भोगिरहेका छन् भने उनीहरुलाई चिकित्सकहरुले मृत्यु दिन सक्छन् ।

यो कानून हालसालै पारित भएको हो । नयाँ कानूनलाई लिए विशेषज्ञहरु भन्छन्, ‘नेदरल्याण्ड सरकार चिकित्सा सहायतालाई लिएर यस्ता मानिसहरुलाई मृत्यु दिने पक्षमा रहेको छ, जो निको हुने कुनै पनि सम्भावना छैन ।’

यस्तो प्रावधान युरोपका तीन देशमा रहेको छ । बेल्जियम, लक्जम्बर्ग र स्विट्जरल्याण्डमा चिकित्सकको सहयोगमा यस्ता बच्चालाई मृत्यु दिन अनुमति छ । तर कानून भने हरेक देशमा फरक छ । बेल्जियममा एकजना चिकित्सकको मद्दतमा बच्चालाई मृत्यु दिन सकिन्छ । तर लक्जम्बर्गमा यो कानून असाध्यै रोगी वयस्कसम्म सीमित छ ।

अमेरिकाको न्यूयोर्क लैंगन मेडिकल सेन्टरका प्रोफेसर आर्थर काप्लान भन्छन्, ‘यो नयाँ कानून नेदरल्याण्डजस्तो साना देशका लागि ठिक छ । यस्तो कानूनले अमेरिकाजस्तो ठूलो देशमा दबाव बढाउँछ । विशेगरी गम्भीर बिरामी बयस्कहरु जसले आफ्नोबारे निर्णय दिन सक्दैनन् ।’

उनले अमेरिकाजस्ता ठूला देशहरुले यस्तो कानूनलाई पछ्याउनेमा आशंका व्यक्त गरे । नेदरल्याण्डका नागरिकको तुलनामा अमेरिकी नागरिकलाई आफ्नो देशको स्वास्थ्य सेवामा कम भरोसा छ ।

भास्करबाट

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay