scheduleसोमवारफाल्गुन २४ गते, २०७७

ज्यान मार्ने उद्योगमा १७ वर्ष कैद सुनाइएका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

काठमाडौँ, ३ कात्तिक । शरीर बन्धक र ज्यान मार्ने उद्योगका अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अपहरण र ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी ठहर भएका फरार अभियुक्त नरेश मेचेलाई आइतबार काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा नयाँ बसपार्कको होटेल काठमाडौं इनमा लुकिबसेको अवस्थामा मेचेलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मेचेलाई २०७३ साल असार २३ गते झापा जिल्ला अदालतले १७ वर्ष कैद र एक लाख ५० हजार जरिवाना सुनाएको थियो ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ घर भएका उनले २०७१ साल माघ १८ गते बिर्तामोडका सुनिलकुमार अग्रवाललाई बजरंग पन्सारीसँग मिलेर अपहरण गरेका थिए । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

२०७१ साल माघ २३ गते प्रहरीले धरमपुरबाट सुनिलकुमार अग्रवाललाई अपहरणमुक्त गराएको थियो । अग्रवाललाई अपहरणमुक्त बनाउने क्रममा अपहरणकारी र प्रहरीबीच गोली चल्दा एक जना प्रहरी घाइते पनि भएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay