scheduleशनिवार मंसिर २० गते, २०७७

खाद्य व्यवस्थाले सुरु गर्‍यो खसी-बोकाको बिक्री

फाइल फोटो

काठमाडौं, ३ कात्तिक । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु गरेको छ ।

दशैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट खसी–बोका बिक्री सुरु गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले जिउँदो खसी तथा बोका प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ ।

जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी–बोका बिक्री गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी वाग्मती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले जानकारी दिए । उनले आम उपभोक्ताको मागलाई हेरेर थप खसी बोका ल्याइने जानकारी दिए ।

आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४०५ वटा खसी–बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको थियो । खसी–बोकाको जिउँदो मूल्य समान भएको र सो मूल्य गत वर्ष जतिकै भएको कम्पनीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay