scheduleबिहिवार मंसिर १८ गते, २०७७

जनता समाजवादी पार्टीका सबै सांसदहरुले दशैं भत्ता नलिने

काठमाडौं, ३ कात्तिक । जनता समाजवादी पार्टीका सबै सांसदहरुले दशैं भत्ता नलिने भएका छन् । पार्टीको सोमबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले दशैं भत्ता खारेज नगरे सबै जसपा सांसदले दशैं भत्ता नलिने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिएका छन् । बैठकले दशैं भत्ता खारेज गर्न र कोभिड-१९ पीडितलाई राहत दिन माग गरेको छ ।
बैठकले पार्टी विधान संशोधनसहित पारित गरेको नेता पाण्डेले जानकारी दिए ।

सोमबारबाट सुरु भएको बैठक मंगलबारसम्म जारी रहनेछ । बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन लगायतका एजेन्डामा छलफल भइरहेको छ ।

गत वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । त्यसयता बसेको यो दोस्रो केन्द्रीय कार्यकारिणी बैठक हो ।

पार्टी एकता भए पनि एकता प्रक्रिया सम्पन्न भएको छैन । जसपाको केन्द्रीय समितिमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेका छन् । त्यस्तै, राजेन्द्र महतो, अशोककुमार राई, बाबुराम भट्टराई वरिष्ठ नेता छन् । अध्यक्ष दुई र वरिष्ठ नेता तीनबाहेक ५१ सदस्यीय कार्यकारिणीसभामा ४६ जना सदस्य छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay