scheduleमगलवार मंसिर १६ गते, २०७७

राजस्थानसँग पराजित भएसँगै चेन्‍नईको प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त

काठमाडौं, ४ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत सोमबार राति सम्पन्‍न खेलमा राजस्थान रोयल्सले जीत हात पारेको छ । प्रतियोगितामा चौथो जीतको खोजीमा रहेकाे राजस्थानले चेन्‍नई सुपर किङ्सलाई ८ विकेटले पराजित गर्‍यो ।

चेन्‍नईले दिएको १२६ रनको सामान्य लक्ष्य राजस्थानले १५ बल बाँकी रहँदै ३ विकेटको क्षतिमा भेट्टाएको थियो । राजस्थानका जस बट्लर ७० र कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे । चेन्‍नईका दीपक चहरले २ तथा जोस हेजलवूडले १ विकेट लिए ।

यसअघि अबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्‍नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रनको सामान्य योगफल बनाएको थियो । चेन्‍नईका रविन्द्र जडेजाले अविजित ३५ रन बनाए भने कप्तान महेन्द्रसिंह धोनीले २८ तथा साम करानले २२ रन बनाए । राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल तेवातियाले १-१ विकेट लिए ।

जीतसँगै १० खेलबाट ८ अंक जोडेको राजस्थान अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने पराजित चेन्‍नई १० खेलबाट ६ अंकसहित पुछारमा रहेको छ ।

योसँगै चेन्‍नई आइपिएलमा पहिलो पटक लिग चरणबाट बाहिरिने सम्भावना बढेको छ । चेन्‍नई अब प्लेअफमा पुग्न बाँकी चार खेल फराकिलो अन्तरले विजयी भएर अन्य नतिजा पनि आफू अनुकुल आउनु पर्ने हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay