scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिग: वेस्टब्रोम र बर्नलीले बराबरी खेल्दा वुल्भसले लिड्सलाई हरायो

काठमाडौं, ४ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति सम्पन्‍न खेलमा वुल्भरह्‍याम्पटन वान्डर्रस वुल्भसले जीत निकालेको छ ।

प्रतिष्पर्धात्मक खेलमा वुल्भसले लिड्स युनाइटेडलाई उसैको मैदानमा १-० ले हरायो ।

वुल्भसको जीतमा पोर्चुगिज फरवार्ड राहुल जिमेनेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो ।

७०औं मिनेटमा म्याक्स किलमनको पासमा जिमेनेजले गोल गर्दै वुल्भ्सलाई १–० को अग्रता दिलाएका थिए । त्यही गोल नै खेलको एकमात्र गोल बनेको थियो ।

जितसँगै वल्भ्स ५ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लन सफल हुदा लिड्स ६ अंकसहित १०औं स्थानमा झरेको छ ।

वेस्टब्रोम र बर्नलीको बराबरी

राति नै सम्पन्‍न अर्काे खेलमा वेस्टब्रोम र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीपछि वेस्ट ब्रुम २ अंक जोडेर १७औं स्थानमा तथा पहिलो अंक जोडेको बर्नली १८औं स्थानमा उक्लिएको छ ।

समान १ अंक भएपनि बर्नलीले गोल अन्तरमा सेफिल्ड र फुलहमलाई पछि पारेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय