scheduleबिहिवार मंसिर १८ गते, २०७७

अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द

एसपी यादव/सर्लाही, ४ कात्तिक । जिल्ला प्रशासन कार्यालय महोत्तरीका कर्मचारीहरुमा कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिन थालेपछि कार्यालयले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले जानकारी गराएका छन् ।

प्रजिअ कट्वालका अनुसार, कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएको छ । संक्रमण फैलन नदिन तथा लक्षण देखिएका सम्भावित कर्मचारीहरु निको नहुन्जेलसम्मका लागि ठाडो निवेदन, उजुरी, मुद्दा, शान्तिसुरक्षा, विपद् व्यवस्थापन तथा हातहतियार नवीकरण जस्ता अत्यावश्यकीय सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको उनले बताए ।

केही दिनदेखि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता, पासपोर्ट, मधेशी प्रमाणित तथा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरुको भिडभाड देखिने गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay