scheduleशनिवार मंसिर २० गते, २०७७

निर्णय गरेरै सांसदलाइ दशैं भत्ता फिर्ता गर्न लगाउँदै दलहरु

काठमाडाैं, ४ कात्तिक । देश कोरोना भाइरसले आक्रान्त बनेको र नागरिक उपचार खर्च नपाएर छट्पटाइरहेको अवस्थामा सांसदहरुले दशै भत्ता लिएको भन्दै चौतर्फि विरोध भएपछि औपचारिक रुपमा निर्णय गरेरै सांसदहरुले दशै भत्ता फिर्ता गर्न थालेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी नेकपाका सबै सांसदले दसैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । प्रधानमन्त्री सहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री तथा मन्त्रीहरुले दसैँ भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै, नेपाली काँग्रेसले पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सबै सांसदहरुले दसैँ भत्ता बापत पाउने रकम फिर्ता गर्ने निर्णय गरेको काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay