scheduleबुधवार मंसिर १७ गते, २०७७

दशैंमा पाँचै दिन बैंकका सबै शाखा बन्द (सूचनासहित)

काठमाडौं, ४ कात्तिक । वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड- १९ का कारण  हालसम्म  ३७०० भन्दा बढी कर्मचारीहरु संक्रमित भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

संघले मंगलबार सूचना जारी गर्दै दसैं बिदामा कात्तिक ७ गतेदेखि ११ गतेसम्म  ५ दिन सबै बैंकका शाखा बन्द रहने जनाएको छ । बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ ।

कोरोना संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको प्रयोगमा जोड दिन संघले अनुरोध  गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay