scheduleबुधवार मंसिर १७ गते, २०७७

मङ्गलबार थपिए ३०९३ कोरोना संक्रमित, २१०८ जना निको

काठमाडौं, ४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार १०८ जना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।

मङ्गलबारसम्म ४ हजार २२० जना क्‍वारेन्टाइनमा रहेका छन् भने ४१ हजार ७७५ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ८६१ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १३ लाख १४ हजार ७७९ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ८ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७६५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay