scheduleमगलवार मंसिर १६ गते, २०७७

काठमाडौं उपत्यकामा थपिए १७०२ कोरोना संक्रमित

काठमाडौं, ४ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७०२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १४३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनामा संक्रमण पुष्‍टि भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल ३०९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay