scheduleशुक्रवार मंसिर १९ गते, २०७७

जसपाको संघीय परिषद् अध्यक्षमा डा. भट्टराई, केन्द्रीय समिति संघीय परिषदप्रति उत्तरदायी हुने विधान पारित

काठमाडौं, ४ कात्तिक । काठमाडौंमा जारी जनता समाजवादी पार्टीको बैठकले पार्टीको संघीय परिषद् अध्यक्षको जिम्मेवारी डा. बाबुराम भट्टराईलाई दिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले नेतृत्व गर्ने संघीय परिषदप्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने विधान पनि बैठकले पारित गरेको छ । सोमबारबाट काठमाडौंमा सुरु भएको बैठकले केन्द्रीय समिति संघीय परिषद्प्रति उत्तरदायी हुनेछ भन्ने विधान पनि पारित गरेको छ पार्टीका युवा नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

मंगलबार सकिएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकी निर्णयका लागि ५ जना शीर्ष नेतालाई अधिकार दिएको पाण्डेले जानकारी दिए । पाँच शीर्ष नेतामा डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो रहेका छन् । केन्द्रीय समितिको अध्यक्षमा ठाकुर र यादव रहेका छन् ।

बैठकले संघीय सांसद रेशम चौधरीको रिहाईका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको पाण्डेले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay