scheduleशुक्रवार मंसिर १९ गते, २०७७

पञ्‍जाबविरुद्ध टस जितेको दिल्ली ब्याटिङ गर्दै, सन्दीप बेन्चमै

काठमाडौं, ४ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत मङ्गलबार बेलुका किङ्स इलाभेन पञ्‍जाब र दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन् ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर ब्याटिङ रोजेपछि दिल्ली केहीबेरमा ब्याटिङमा उत्रदैँ छ ।

यद्यपि हालसम्म दिल्लीले खेलेका ९ वटै खेलमा मौका नपाएका सन्दीप १०औं खेलमा पनि बेन्चमा नै रहेका छन् । आजको खेलमा दिल्लीले तीन परिवर्तन गरे पनि त्यसमा सन्दीप भने समावेश छैनन् । रिषभ पन्त र शिम्रोन हेटमायरले पुनरागमन गर्दा अजिन्क्या रहाने र एलेक्स केरी बाहिर रहेका छन् । त्यसैगरी एनरिच नोर्त्जेको ठाउँमा डानियल साम्सलाई पहिलोपटक मौका दिइएको छ ।

दिल्लीले हालसम्म खेलेका ९ खेलमध्ये ७ मा जीत हात पारेको छ भने दुईमा पराजित भएको छ । त्यसैगरी पञ्‍जाबले समान खेलमा ३ जीत निकाल्दा ६ खेलमा हार व्यहोरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay