scheduleबुधवार मंसिर १७ गते, २०७७

सत्तारुढ दलका नेताहरुले यसरी सम्झिए सानु पहाडीलाई

इलाम, ४ कात्तिक । दिवंगत सांसद सानुसिवा पहाडीको सातौं स्मृति दिनका अवसरमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेताले उनको योगदानलाई स्मरण गरेका छन् ।

दलित र विपन्न परिवारमा जन्मिएर पहाडीले नेपाली राजनीति र साङ्गीतिक क्षेत्रमा उल्लेखनीय छाप छाडेर गएको उनीहरुको भनाइ छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद अगमप्रसाद बान्तवाले सिवाले गरेका कार्य कहिल्यै पनि नेकपाले बिर्सन नसक्ने बताए भने नेकपा केन्द्रीय सदस्य धीरेन्द्र शर्मा ‘रमण’ले विगतका आन्दोलनमा सानुको भूमिका उल्लेखनीय भएको बताए ।

नेकपाका इलाम जिल्ला कमिटीका अध्यक्ष एवं प्रदेश १ का भूमि, व्यवस्था तथा सहकारी राज्यमन्त्री राम रानाले भने, ‘सिवाको मृत्युले राजनीति र साङ्गीतिक क्षेत्रले एउटा अब्बल हस्ती गुमाउनुपर्‍यो ।’

सिवा विसं २०१९ भदौ १५ गते ताप्लेजुङको फुङ्लिङमा जन्मिएर विसं २०३६/०३७ देखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन् ।

विकट ताप्लेजुङमा जन्मिएर पनि सिवाले तत्कालीन पञ्चायती शासकविरुद्धको आन्दोलनमा आफूलाई सामेल गराएर जनस्तरमा चेतना फैलाउन गाउँ–गाउँका महिलालाई घाँस/दाउरा गर्दै गीतमार्फत चेतना छरेकी थिइन् । उनको गत असोज २७ गते काठमाडौंमा निधन भएको भएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay